४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय निर्वाचनका कारण पर्साकाे बेल्वा बालमैत्री घोषणा हुन ढिलाई



 

स्थानीय खबर संवाददाता । पर्साको तत्कालिन बेल्वा गाविसलाई बालमैत्री घोषणा गर्न सबै तयारी पुगे पनि स्थानीय निर्वाचनका कारण पछि धकेलिएको छ । प्रदेश नम्बर २ मा पर्ने पर्सामा आगामी असोज २ गते निर्वाचन हुनेछ ।

“बालमैत्री स्थानीय शासनका सबै सूच्क पुरा गरिसकेका छौं,” जिल्ला समन्वय समिति पर्साका बालमैत्री स्थानीय शासन फोकल सम्पर्क व्यक्ति शम्भु कुशवाहले भने । उनका अनुसार घोषणाका लागि भदौ २९ को समयसीमा तोकिए पनि पौषसम्ममा बालमैत्री घोषणा गरिने छ ।

तत्कालीन बेल्वा गाविस स्थानीय तहको पुनर्संरचना पछि बेल्वा गाउँपालिकाको ७ र ४ नं. वडामा परेको छ । सिङ्गै गाउँपालिका नभए पनि अब वडालाई बालमैत्री घोषणा गरिने कुशवाहले बताए ।

मीरेष्ट नेपालको आयोजनामा बालमैत्री स्थानीय शासन र बालभेला नामक बृत्तचित्र प्रदर्शनी तथा सरोकारवालासँगको छलफलक कार्यक्रममा युनिसेफ नेपालकी क्षेत्रीय प्रमूख अनिता दहालले बेल्वा गाउँपालिका नमूना हुने बताईन् ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) का कार्यक्रम अधिकृत माधब बरालले खुला दिशामूक्त अभियान, बाल बिबाह जस्ता बिषयमा जनजागरण ल्याउन स्थानीय संघसंस्थाको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा स्थानीय तहका कर्मचारी, वडा नागरिक मञ्चका पदाधिकारी, बाल कल्याणकारी समिति तथा शिक्षा र स्वास्थयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार ००:००