२४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस कञ्चनपुरको निर्वाचन साउन २२ गते




कञ्चनपुर
, १९ साउन । जिल्ला समन्वय समिति, कञ्चनपुरको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिकामा समन्वय समितिको निर्वाचन साउन २२ गते हुने जनाइएको छ ।

निर्वाचन कार्यक्रमअनुसार साउन १७ गते नामावली प्रकाशन, नामावली सच्याउने वा छुट नाम समावेश गर्ने दरखास्त दिने, १८ गते संशोधित मतदाता नामावली प्रकाशन, मतदाताको विरोधमा उजुरी दिने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, साउन १९ गते उम्मेदवारको सूची प्रकाशन गर्ने रहेको छ ।

साउन २० गते मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २१ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई चिन्ह प्रदान गर्ने र साउन २२ गते मतदान गर्ने कार्यक्रम सार्वजनिक गरिएको सहायक निर्वाचन अधिकृत जनकसिंह बोहराले बताए ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००