१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदिरा र जुवातास बिरूद्ध दोगडाकेदार ३ श्रीकोटका महिला आन्दोलित




बैतडी
। मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिला मदिरा नियन्त्रण गर्ने अभियानमा जुटेका छन् ।

मदिरा र जुवातासले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार–३ श्रीकोटका महिला आन्दोलित भएका छन् ।

उनीहरू मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि हुन थालेको भन्दै संघर्ष समिति गठन गरी आन्दोलित भएका हुन् ।

लक्ष्मी ओडको अध्यक्षतामा महिला जागरण उत्थान समूह गठन गरेर सोमबार डाङ, खोचलेक, सिल्लेगडा हुँदै घोडेधारसम्म नाराजुलुससहित मदिरा र जुवातास बन्द गर्नुपर्ने माग गरेका हुन् ।

करिब २०० भन्दा बढी महिलाले दोगडाकेदार–३ श्रीकोटको वडा कार्यालय पनि घेराउ गरेको समूहका अध्यक्ष लक्ष्मी ओडले जानकारी दिइन् ।

सोमबार पहिलो दिन नाराजुलुससहित वडा कार्यालय घेराउ गरेको र आज ९मंगलबार० वडा कार्यालयमा मदिरा तथा जुवातास बन्द गर्नुपर्ने भनेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले बताइन् । आफूहरुले राखेको मागको सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत श्रीकोटका महिलाले बताएका छन् ।

दोगडाकेदार गाउँपालिका वडा नं ३ का महिला वडा सदस्य हेमा कपाडी ९भट्ट०ले महिलाका मागमा ऐक्यबद्घता जनाउँदै यसको अन्त्य हुनुपर्ने बताएकी छन् ।

दोगडाकेदार–३ श्रीकोटका वडाध्यक्ष चन्द्रदेव जोशीले मदिरा तथा जुवातासले महिलामाथि हिंसा बढ्दै गएकाले महिलाका मागलाई आफूले सकारात्मकरुपमा लिएको बताउदै महिलाका मागलाई सम्बोधन गर्न तयार रहेको बताए ।
रासस

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलबार ००:००