१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रौटा बजारबासी अर्सेनिकयुक्त पानी पिउन बाध्य




कपिलवस्तु
। ग्रामीण क्षेत्रको रुपमा रहेको कपिलवस्तुको पश्चिमी क्षेत्रस्थित शिवराज नगरपालिकाको मुख्य शहर चन्द्रौटा बजारबासीका लागि अझैसम्म पनि सफा खानेपानीको व्यवस्था हुन सकेको छैन ।

नगरपालिकाभित्रका ११ वटा वडामा शुद्ध खानेपानीको व्यवस्था नहुँदा यहाँका जनताले अर्सेनिकयुक्त पानी पिउन बाध्य हुँदापनि नगरपालिकाले खानेपानीको लागि कुनै पहल नगरेको स्थानीयबासी मोहम्मद खाँनले गुनासो गरे ।

खानेपानी संस्थानको शाखा कार्यालयले चन्द्रौटामा कहिलेकाँही सफा पानी वितरण गरेपनि प्राय आर्सेनिकयुक्त पानी वितरण गरेको स्थानीयवासी रामविलास थारुले बताए । नगर प्रमुख नेत्रराज अधिकारिले अब नगरवासीका लागि शुद्ध खानेपानी पिलाउन पहल भइसकेको जानकारी दिए ।

नयाँ योजना ठेकेदारले समयमै पूरा गर्न नसकेको र पुराना पाइपमा फोहोर जम्मा भएका कारण यस्तो समस्या स्थानीयवासीले भोग्नु परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तौफिक खाँनले बताए ।
रासस

प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार ००:००