१८ कार्तिक २०८३, मंगलबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्कोट नगरपालिकामा बैंकको पहुँच, सामाजिक सुरक्षा भत्तादेखि रकम पठाउन र पाउन सहज

लेखक स्थानीय खबर १५ श्रावण २०७४, आइतबार २ मिनेट पढाइ


कालीकोट
। जिल्लाको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैँकले शाखारहित बैँकिङ सेवा सञ्चालन गरेको छ ।

ग्रामीण क्षेत्रमा रहेको रास्कोट नगरपालिकाको आरसिपी बजारमा विगत लामो समयदेखि आइएमई रेमिट कारोबार गर्दै आएको हिमचुली कृषि सहकारी संस्थाले आज देखि राष्ट्रिय वाणिज्य बैँकको शाखारहित बैकिङ सेवा सञ्चालन भएको घोषणा संस्थाका अध्यक्ष तथा रास्कोट नगरपालिकका प्रमुख काशिचन्द बरालले गरे ।

सक्षम नेपालको सहयोगमा आरसिपी बजारमा सुचारु भएको सेवामा आजदेखि रास्कोट क्षेत्रका समुदायमा बैंकको पहुँच पुगेको महसुस भएको छ । अबदेखि यहाँका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तादेखि अन्य रकम पठाउन र पाउन सहज हुने भएको छ ।

यो सेवा रास्कोटवासीका लागि ठूलो अवसरको रुपमा आएको बताउँदै नगरप्रमुख काशिचन्द्र बरालले क्रमश नगरपालिकामा थप वित्तीय सेवा सुविधा विस्तार गर्ने बताए ।

शाखारहित बैँकिङ सेवाको औपचारिक शुभारम्भ भने केही समयपछि हुने हिमचुली कृषि सहकारी संस्थाका प्रमुख जयचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार सेवाग्राहीका खाता तथा अन्य प्रक्रिया सम्पन्न गर्नुपर्ने भएकाले सो प्रक्रियाबाट एक सयभन्दा बढीको खाता सुचारु भएपछि औपचारिकता दिइने छ ।

कालीकोटमा यसअघि ग्लोबल आइएमइले खाँडाचक्र नगरपालिकोको भर्ता बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो । हाल जिल्लामा चारवटा निजी बैँक, एक सरकारी बैंक र तीनवटा लघुवित्त सम्बन्धी काम गर्ने वित्तीय संस्था स्थापना भएका छन् ।

अहिले दुर्गम ग्रामीण इलाकामा हिमचुली कृषि सहकारी संस्था र साना किसान माइक्रोफाइनान्स संस्थाले मात्र वित्तीय सेवा शुरु गरेका छन् ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।