५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखा नगरपालिकालाई बालमैत्री बनाईने



स्थानीय खबर समाचारदाता
गोरखा १०, साउन

गोरखा नगरपालिका पनि बालमैत्री बनाइने भएको छ । गोरखा नगरपालिकाका नवनिर्वाचित प्रमूख राजनराज पन्तले मीरेष्ट नेपालले आयोजना गरेको बृत्तचित्र प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।

“गोरखा नगरपालिका बालमैत्री स्थानीय शासन उन्मूख छ,” पन्तले भने, “वालमैत्री स्थानीय शासनका धेरै सूचक हामीले पुरा गरी सकेका छौं । बाँकी काम पनि यो आर्थिक बर्षमा पुरा गर्छौं ।” उनले नगरका बिद्यालयको शैक्षिक गुणस्तर भने चुनौतिपूर्ण रहेको बताए । बालमैत्री शासनका लागि नगरसभाले बालमैत्री नगरको नीतिगत निर्णय गरिसकिएकाले यो सन्देश अरू स्थानीय तहमा पु¥याउने पन्तले बताए ।

गोरखा नगरपालिकाकी उपप्रमुख प्रमूख विनाकुमारी श्रेष्ठले गोरखालाई बालमैत्री नगरपालिका बनाउन धेरै चुनौति भए पनि बाल अधिकार संरक्षणमा सबै सदस्यहरूको सामुहिक प्रतिबद्धता रहेको जानकारी दिएकी छन् ।

गोरखा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नारायण आचार्यले बालमैत्री स्थानीय शासन बालबालिकालाई सामाजिकीकरण गर्ने प्रक्रिया भएकाले समुदायको सचेतनाले यसलाई सार्थक परिणाम दिने बताए । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुबेदीले जिल्लामा बिद्यालय पुननिर्माण कार्य जारी रहेको यसमा ४ सय ४३ बिद्यालय भत्किएकोमा २ सय ५ बिद्यालयको पुननिर्माण गरि सकिएको बताए ।

महिला विकास अधिकृत सुशिला वाग्लेले बाल अधिकारको कुरा गर्दा बाल सहभागिता महत्वपूर्ण बिषय भएकाले बाल संबेदनशील सरकार आवश्यक पर्ने बताइन् । मीरेष्ट नेपालका महासचिव कुमार यात्रुको अध्यक्षामा भएको कार्यक्रममा युनिसेफ नेपालको सहयोगमा मीरेष्ट नेपालले निर्माण गरेको बाल भेला र बालमैत्री स्थानीय शासन सम्बन्धी बृत्तचित्र प्रदर्शन गरिएको थियो ।

बालमैत्री स्थानीय शासनयसक्त स्थानीय तह बन्नका लागि सरकारले तोकेको ३९ सूचक पुरा गरेको हुनु पर्छ । खास गरेर बाल श्रम, बाल बिबाह र गुणस्तरीय शिक्षा जस्ता बिषयमा सुधार भएमा गोरखा नगरपालिका बालमैत्री हुन सक्ने स्थानीय अभियन्ताहरुको भनाई छ ।

देउराली पनि बालमैत्री वडा

यस अघि गोरख नगरपालिकाकै वडा नम्बर १३ र १४ मा आयोजित संयुक्त कार्यक्रममा संबोधन गर्दै १३ नम्बर वडाका वडा अध्यक्ष हरी बहादुर खनाल, र १४ नम्बर वडाका वडा अध्यक्ष राम बहादुर खड्काले केही सूचक पुरा गरेपछि वडालाई बालमैत्री घोषणाको तयारी गर्ने बताएका छन् । स्थानीय बाल सन्जालकी अध्यक्ष राधा परियारले बालभेलालेबाल श्रम, बाल बिबाह बिरुद्ध कार्यक्रमको खाँचो औलाएको बताइन् ।

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार ००:००