१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको मन जित्ने काम गर्नुसः उपाध्यक्ष रावल




कैलाली
। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले ७ नं. प्रदेशका एमालेका नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

एमालेले आयोजना गरेको ७ नं. प्रदेशमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रमको आइतबार समापन गर्दै उनले विकासका प्रभावकारी योजना बनाएर जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।

उपाध्यक्ष रावलले विगतका वर्षमा स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकासले गति लिन नसकेको बताउँदै अब एमालेबाट निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो नगर र गाउँपालिकामा उदाहरणीय काम गरेर देखाउने बेला आएको समेत उल्लेख गरे ।

“जनताले एमालेलाई विश्वास गरेर विजयी गराएका छन् त्यसैले जनप्रतिनिधिले पञ्चवर्षीय योजना बनाएर विकासको कामलाई अघि बढाउन जरुरी छ,” उपाध्यक्ष रावलले भने । संविधानले दिएका काम, कर्तव्यको अध्ययन गरेर इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न र जनविश्वासलाई कायमै राख्ने गरी आ–आफ्नो क्षेत्रमा इमान्दारीताका साथ काम गर्न उनले आग्रह गरे ।

उक्त कार्यक्रममा एमालेबाट निर्वाचित ३९ प्रमुख/अध्यक्ष र ४२ उपप्रमुख/उपाध्यक्षको सहभागिता थियो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिले जनभावनाअनुसार काम गरेर जनताको मन जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रासस

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार ००:००