१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समितिको निर्वाचन तयारी




बनेपा
। जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको निर्वाचन तयारी सुरु भएको छ । निर्वाचनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकका मुख्य न्यायाधीश मेदिनीप्रसाद पौडेल प्रमुख निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार जिल्लाको समन्य समितिको निर्वाचनका लागि ८ गते कार्यालय स्थापना गरिने छ । कार्यालय स्थापनापछि उम्मेदवारी दर्ता, नामावली प्रकाशन, निर्वाचन मिति निश्चित हुने बताइएको छ ।

‘यो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले मात्रै उम्मेदवार हुन पाउने छन्, निर्वाचन अधिकारी पोखरेलले भने, “ जिल्लामा रहेका १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २६ जनाले मतदान गर्न पाउने बताए ।”

कार्यालय स्थापना भएको २१ दिनमा नै जिल्ला समन्वय समितिको निर्वाचन हुने भनिएको छ । निर्वाचित पदाधिकारीले जिल्लाको विकास निर्माणमा समन्वयको काम गर्नेछन् । समन्यव समितिको निर्वाचनबाट एक प्रमुख, एक उप–प्रमुख, तीन महिला सदस्य, एक दलित तथा अल्पसंख्यक र अन्य गरी कुल ९ जना निर्वाचित हुने छन् । रासस

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार ००:००