७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ता लिन दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता




डडेल्धुरा
। डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नका लागि दुई दिनको यात्रा गर्नुपरेको हो ।

डडेल्धुराको भित्री मधेश क्षेत्रको परशुराम नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा परशुराम नगरपालिका लालढुंगामा रहेको ग्लोबल बैंकले पाएको छ । परशुराम नगरपालिकाका दुर्गम गाउँका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि लालढुंगामा रहेको बैंकमा आउनु पर्ने बाध्यता रहेको छ ।

परशुराम नगरपालिकाको बसौटी, साँदनी, मलास, कुरमुल्ले, ग्वान्नीलगायतका दर्जनौँ गाउँका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनसम्म लाग्ने गरेको छ ।

यातायातको पहुँच नभएका गाउँका वृद्ध पैदलै हिँडेर बैंकसम्म पुग्न बाध्य भएका छन् । बैंकसम्म पुगेपनि दिनभर लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताबाट गाउँसम्म पुग्ने व्यवस्था गरिदिन वृद्धले आग्रहसमेत गरेका छन् ।

गाविस सचिवले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै नेपाल सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनेसंगै डडेल्धुरामा रहेका दुईवटा नगरपालिकाका वृद्धलाई सास्ती हुने गरेको छ । सामाजिक सुरक्षा भत्ताका लागि बैंकसम्म पुग्नै गाह्रो छ भने बैंकमा पुगेपछि पनि दिनभर लाइनमा उभिनुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार ००:००