७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव




काठमाडौँ
। नेकपा एमालेले मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन र उपयुक्त प्रक्रिया अवलम्बन गर्न आज (सोमबार) निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको कार्यालय कान्तिपथमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई भेटी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी मतदाता नामावली अद्यावधिक गर्न माग गरेको हो ।

नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गर्न आग्रह गर्दै एमालेले निर्वाचन भइसकेका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइ अविलम्ब अन्त गर्न पनि सुझाव दिएको छ ।

एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचन सम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर आयोगले गरेको पहल सकारात्मक भएको पनि स्मरण गराएको छ । रासस

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार ००:००