७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुल्सीपुर उपमहानगरपालिकाले सुत्केरीलाई ५ हजार दिने



दाङ । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । नगर कार्यसमितिको सोमबारबसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आउने साउनदेखि यो रकम पाउनेछ ।

सो बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत एम्बुलेन्स सेवामा छुट दिने, अपाङ्गलाई नगर प्रमुख र उपप्रमुखको कोठामा पहुँच पु¥याउन अपाङ्गमैत्री बनाउने निर्णय गरेको छ ।

कामकाजलाई चुस्तदुरुस्त बनाउन नगरपालिकाको प्रत्येक वडामा सिसी क्यामेरा जडान गर्ने, कार्यालयमा इलोक्ट्रोनिक्स हस्ताक्षरको व्यवस्था गर्ने, १५ दिनभित्र सर्वदलीय सर्वपक्षीय निर्णयका आधारमा प्रत्येक वडामा कार्यालय स्थापना गर्नेलगायत निर्णय गरिएको नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २६ असार २०७४, सोमबार ००:००