३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूलका पानी दूषितः समाधानतर्फ चासो नदिएको पीडितहरुको आरोप



रसुवा । दक्षिण पश्चिम रसुवाको डाँडागाउँ क्षेत्रका बासिन्दाले उपभोग गर्ने सातवटा मुहानकाे पानी दूषित रहेकाे पुष्टी भएकाे छ ।

भूकम्पपछि त्यस क्षेत्रको सुधार कार्यक्रममा कार्यरत ‘सहयोगी दाताहरुको समूह’ (साह्रास) नेपाल नामक गैससले गराएको ल्याब परीक्षणबाट १० वटा पानीका मूलमध्ये सातवटाको पानी दूषित भेटिएको पुष्टी गरेपछि शुद्धीकरणको व्यवस्था मिलाउन प्रयास जारी भएको जिल्ला समन्वय समितिका सचिव एवं स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

उत्तरगया गाउँपालिका वडा नं १ र २ सिदूरेढुङ्गा, सिम सिस्नेरी, इन्द्रेणी झ्याल, मूलपानीको दुईस्थान, जगदेवी र तेन्जेसिङ ठाउँका पानी दूषित देखिएको संस्थाको प्रतिवेदनमा उल्लेख भएको बताइएको छ ।

खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयका प्रमुख रविमोहन कोइरालाले पानी शुद्धीकरणका लागि आफ्नो कार्यालयबाट ब्लिचिङ पाउडर लैजान उपभोक्तालाई आग्रह गरेपनि स्थलगत अध्ययन गरेर समाधान गर्नेतर्फ चासो नदिएको पीडितहरुको आरोप छ ।

खानेपानीका लागि राज्यको ठूलो लगानी भइरहको अवस्थामा जिल्लामा पानीको अबस्था विचार नगर्नु, ल्याब परीक्षण नगर्नु, चेतनामूलक प्रशिक्षण नहुनुका साथै जिम्मेवार निकायले पानी शुद्धीकरणका लागि ध्यान नदिएकाले डाँडागाउँ, धुन्चेलगायतका क्षेत्रको खानेपानीका मुहान अनुगमनका लागि सहजीकरण गरिदिन राष्ट्रिय मानवअधिकार आयोगसमक्ष स्थानीय उपभोक्ताले आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००