१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामकाे रोङ गाउँपालिकाको ३ र ४ मा कांग्रेस विजयी



इलाम । इलामको रोङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका सूर्य राईले एमालेका रनबहादुर गुरुङलाई ६० मतले पछि पार्दै विजयी भएका हुन् । राईले ४ सय १३ र गुरुङले ३ सय ५३ मत प्राप्त गरेका छन् । कांग्रेसका महिला सदस्यमा विमला तामाङले ४ सय १४, दलित महिला सदस्य रमिला विश्वकर्मा ३ सय ९८, खुल्ला सदस्यहरूमा कमलकुमार राई ४ सय १ र डम्बर सुनुवार ३ सय ८४ मत प्राप्त गरि विजयी भएका हुन् ।

त्यस्तै रोङ गाउँपालिका–३ मा वडाध्यक्ष र महिला सदस्यमा कांग्रेसले जितेको छ भने अन्य तीन सदस्यमा एमालेले जितेको छ । वडाध्यक्षमा कांग्रेसका मातृका बरालले एमालेका खड्ग आलेलाई ८८ मतले पछि पार्दै विजयी भएका छन् । बरालले ७२३ र आलेले ६३५ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा कांग्रेसकी योगमाया सुनुवार ६ सय ८६, एमालेको तर्फबाट दलित महिला सदस्यमा इन्द्रकला विश्वकर्मा ६ सय ८४, खुल्ला सदस्यहरूमा दुर्गा बराइली ६ सय ५० र प्रेमराज गुरुङ ६ सय ८ मत प्राप्त गरि विजइ भएका छन् ।

इलाम नगरपालिका–८ मा कांग्रेस र ९ मा एमाले प्यानल विजयी

इलाम नगरपालिका–८ को वडाध्यक्षमा कांग्रेसका होम बस्नेत ९ सय ९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तिलक ठकुरीले ८ सय ५८ मत ल्याएका छन् । त्यस वडाका सबै सदस्य पदमा एमाले विजयी भएको छ ।

इलाम नगरपालिकाको ९ नं.को वडाध्यक्षमा एमालेका श्यामकृष्ण घिमिरे १ हजार २६० मत ल्याएर प्यानल नै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपाल चौहानले १ हजार १०० प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००