१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्ण अपाङ्ग र ज्येष्ठ नागरिकलाई भत्ता वितरण



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ मा ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका १९ जनालाई भत्ता वितराण र स्वास्थ्य परीक्षण गरिएको छ ।

यस वडाका चार ज्येष्ठ नागरिक गङ्गादेवी खरेल, हरिमाया महर्जन, हिमकुमारी भण्डारी र मोतीकृष्ण महर्जनलाई महानगरपालिकाले ज्येष्ठ नागरिक भत्ता वितरण गरेको हो ।

पूर्णरुपमा अपाङ्ग भएका पन्ध्र (पाँच महिला र १० पुरुष) जनालाई पनि जनही रु तीन हजारको दरले अपाङ्ग भत्तावितरण गरिएको सोही वडाका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ज्येष्ठ नागरिक भत्ता वितरण र उनीहरुको स्वास्थ्य अवस्था पनि जाँच गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई भने केहीलाई मात्रै भत्ता वितरण गरिएको र केहीलाई वितरण गर्ने काम जारी रहेको छ ।

३२ वडा रहेको कामनपाले यस अभियानको लागि आठ वटा क्षेत्र बनाएर काम गरिरहेको छ । ८८ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिलाईलाई अब नियमितरुपमा वार्षिक रु १२ हजार भत्ता र निःशुल्क स्वास्थ्य परीक्षणको काम गरिने कामनपाको अठोट छ । कामनपामा ८८ वर्ष उमेर पुगेका ५९६ जना जेष्ठ नागरिक छन् । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००