१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ता निकासा नहुँदा समस्या

लेखक स्थानीय खबर १४ असार २०७४, बुधबार २ मिनेट पढाइ

लमजुङ (बेसीसहर) । लमजुङमा सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता निकासा नहुँदा समस्या भएको छ । आर्थिक वर्ष २०७३/७४ अन्तिम चौमासिक भत्ता जिल्ला समन्वय समितिबाट निकासा नहुँदा समस्या भएको हो ।

सामाजिक सुरक्षा भत्ताअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका र दलित बालबालिकालाई प्रदान गरिने सो भत्ता जिल्ला समन्वय समितिबाट अझैसम्म निकासा नभएको हो । जेठ १५ गतेभित्र निकासा भइसक्नुपर्ने रकम एक महिना बित्दा पनि निकासा नहुँदा समस्या भएको स्थानीय तहका कर्मचारीले बताएका छन् ।

जिल्ला समन्वय समितिबाट निकासा भएको ३५ दिनभित्र लाभग्राहीले भत्ता लिन पाउने कानुनी प्रावधान छ । सो भत्ता वितरण गरी असार मसान्तभित्रै जिल्ला समन्वय समितिमा प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ ।

“आधा असार सकियो, अझै रकम निकासा भएको छैन, कहिले वितरण गर्ने, कहिले प्रतिवेदन बुझाउने” दूधपोखरी गाउँपालिका–२ का सचिव खम्मबहादुर बोगटीले भने “गाउँ पुग्न तीन दिन लाग्छ, भत्ता वितरण गर्न एक हप्ता लाग्छ ।”

भत्ताको पर्खाईमा बसेका लाभग्राहीले फोन गरेर हैरान बनाएको स्थानीय तह कर्मचारीले बताएका छन् । “लाभग्राहीले फोन गरेर हैरान बनाएका छन्, यता रकम निकासा भएकै छैन” दूधपोखरी गाउँपालिका–१ का सचिव मुक्तिराम परियारले भने । “पैसा जिल्ला समन्वय समितिमा रोकिएको छ ।”

स्थानीय तहको पुनःसंरचनापछि खाता सञ्चालन नहुँदा भत्ता वितरणमा ढिलाइ भएको सो संस्थाले जनाएको छ । संस्थागत कामका लागि जिल्ला बाहिर जानुपरेकाले यसमा ध्यान दिन नसकेको स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।