१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानी र खाद्यान्नको माग गर्दै सदरमुकाममा अाइपुगे चेपाङ



मलेखु, धादिङ । विगत पाँच वर्षदेखि खानेपानी माग्दै आएका दक्षिणी धादिङमा बसोबास गर्ने चेपाङ बिहीबार जिल्ला समन्वय समितिमा आइपुगे । आफ्नो गाउँमा पानीका लागी छुट्ट्याइएको पानीको बजेट माग गर्दै स्थानीय विकास अधिकार जीवलाल भुषालकहाँ पुगे । भुसालसँग चेपाङ समुदायले आफूहरुलाई बचाइदिन अनुरोध गरे ।

प्रत्येक घरमा खानेपानी धारो हुनुपर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्था मिलाउनुपर्ने, जनता आवास÷पुनर्निर्माण कार्यक्रमबाट सबै घर बनाउने, बालकक्षालाई दरबन्दी बनाउनुपर्ने, सडक तथा बजार सहज पहुँच हुनुपर्ने, गाउँलाई चेपाङ पर्यटक क्षेत्र बनाउन पूर्वाधार निमार्ण गर्नुपर्ने माग राखे ।

यी मागहरु पूरा गराउन नसके प्रतिपरिवार आवाससहित १२ रोपनी खेतीयोग्य जमिन र खानेपानी, बिजुली, स्कुल र सडक भएको ठाउँमा आफूहरुलाई एक वर्षभित्र बसाइँ सारिनुपर्ने माग गरेका छन् । गत वर्ष आफ्नो गाउँमा पानी माग गर्न आउँदा योजना परेको बताइएको तर अहिले यसबर्ष पनि काम नभए पछि सोधखोज गरेको प्रेमबहादुर चेपाङले बताए ।

“खानेपानीको अभावमा तिर्खा मेट्ने गरी खानेपानी पनि खान पाएका छैनाैं । बिहान–बेलुका नै अन्न खान मुस्किल छ,” फूलमाया चेपाङले भनिन्, “टाँकीको मुन्टा, सिस्नु, गिठ्ठा भ्याकुरको भरमा कति बस्न सकिन्छ र ?” रासस

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार ००:००