तेह्रथुम । अागामी असार १४ गते हुने दाेस्राे चरणकाे स्थानीय निर्वाचनका लागी मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार बिजुलीमाया शङ्कर निर्विरोध भएकी छन् ।
आइतबार मनोनयनका क्रममा उनकाे मात्र उम्मेदवारी परेपछि निर्विरोध भएकाे मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिए ।
सो वडामा एकमात्रै दलित परिवारको बसोबास रहेको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रासस
प्रतिक्रिया