१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीमा सामाजिक सुरक्षाभत्ता वितरण

लेखक स्थानीय खबर ३० जेष्ठ २०७४, मंगलबार १ मिनेट पढाइ

इटहरी । सुनसरी जिल्लामा पछिल्लो पटक राज्य पुनःसंरचना गरिँदा निर्धारण गरिएका १२ वटा स्थानीय तहमध्ये एक नगरपालिका र छ गाउँपालिकामा बसोबास गर्दै आएका ३२ हजार २४४ जना सामाजिक सुरक्षाभत्ता प्राप्तकर्ताले नियमानुसार भत्ता प्राप्त गरेका छन् ।

जिल्ला समन्वय समिति सुनसरीका सूचना अधिकृत अरुण मेहताका अनुसार बृद्ध, दलित बृद्ध, एकल महिला, अपाङ्ग र अशक्त अपाङ्गता भएका लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेले दोस्रो चौमासिकबापत रु एक करोड २८ लाख ४४ हजार ५०० भत्ता प्राप्त गरेका छन् ।

पछिल्लो स्थानीय तह पुनःसंरचनाअनुसार विभिन्न गाउँ विकास समिति मिलाएर गाउँपालिका र नगरपालिका घोषित भएअनुसार यो तथ्याङ्क बराह नगरपालिका, कोसी गाउँपालिका, भोक्राह गाउँपालिकामा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता पाउनयोग्य भएकालाई वितरण गरिएको हो ।

यसैगरी, जिल्लाको दक्षिणी क्षेत्रमा रहेका देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका, बर्जु गाउँपालिका र गढी गाउँपालिकामा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य उमेर समूहका मानिसलाई उक्त रकम प्रदान गरिएको पनि सूचना अधिकृत मेहताले जानकारी दिए ।

यसमा जिल्लाका स्थानीय तह गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामध्ये तीन नगरपालिका र दुई उपमहानगरपालिकाको सामाजिक सुरक्षा भत्ताको विवरण पाउने व्यक्तिको तथ्याङ्क र रकम भने समावेश नभएको पनि उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।