२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित



काठमाडौँ, निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम बुधबार प्रकाशित गरेको छ ।

सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको बुधबारको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

निर्वाचन हुन बाँकी प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा आगामी असार २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयानुसार आयोगले जेठ १९ देखि सुरु हुने गरी तालिका प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णयानुसार असार २ गतेदेखि सुरु हुने नयाँ निर्वाचन तालिका प्रकाशन गरिएको हो । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००