२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ताका लागी ३६ अर्ब



सरकारले आगामी आर्थिक बर्षका लागी सामाजिक सुरक्षा भत्तावापत ३६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले बजेट पेस गर्दै बृद्धबृद्धा, अपाङ्ग, एकल महिला, लोपोन्मुख आदिवासी जनजातिका लागी विनियोजन गरेको घोषणा गरेका छन् ।

चालू आवमा सरकारले ३२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । ७० बर्ष पुगेका सबै बृद्धबृद्धा, दलित वालवालिका, ६० बर्ष पुगेका कर्णाली दलित, सबै उमेर समुहका एकल महिला, अपाङ्गलगायतले भत्ता पाउँदै आएका छन् । केन्द्रीय पञ्जिकरण विभागका अनुसार मुलुकभर भत्ता पाउने नागरिकको संख्या २२ लाखभन्दा बढी छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००