८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुस्त इन्टरनेटले अनलाईन घटना दर्ता प्रभावित



स्थानीय खबर संवाददाता, काठमाडौं ।

इन्टरनेट सुस्त हुँदा जन्म, मृत्यु, बसाइँसराई लगायतका घटनाको अनलाईन दर्ता प्रभावित बनेको छ ।

इन्टरनेट नचल्ने, चले पनि सुस्त हुनेलगायतका समस्या देखाएर स्थानीय तहहरूले पुरानै तरिकाले दर्ता गर्न अनुरोध गरेको केन्द्रीय पञ्जिकरण विभागले जनाएको छ ।

विभागका निर्देशक विशाल भारद्वाजले कतिपय ठाउँमा लोडसेडिङलाई कारण देखाएर पुरानै तरिकाले दर्ता गर्न खोजेको बताए । विभिन्न जिल्लाबाट गुनासो आएको उनले बताए ।

“इन्टरनेट नचले अनेक प्रयास गरेर पनि चलाउन निर्देशन दिएका छौं । अनलाईन सिस्टममा दर्ता गर्न सुरू गरेर ढड्डामै दर्ता खोज्नु ठीक होइन,” उनले भने, “कतिपयको समस्या यर्थाथ नै होला ! तर पुरानो तरिकाले दर्ता गर्न हुँदैन ।”

सामाजिक सुरक्षा भत्ता बितरणमा अनियमितता देखिएपछि सरकारले विद्युतीय प्रणालीबाट घटना दर्ता गराउने अभियान नै सञ्चालन गरेको छ । यसरी दर्ता भएपछि मृत्यु भइसकेका, उमेर पुगिसकेका लाभग्राहीहरूको नाम स्वतः लगत कट्टा हुन्छ । लगत कट्टा भएपछि भत्ताको दुरुपयोग हुन पाउँदैन ।

यसका लागी सरकारले ‘व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७४, शनिबार ००:००