६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अग्निपीडित चेपाङ परिवारलाई राहत



चैत १३, भरतपुर । चितवनका इच्छाकामना गाउँपालिका २ फैदतका अग्निपीडितलाई जिल्लामा सङ्कलित राहत मङ्गलबार वितरण गरिएको छ ।

चैत ८ गते दिउँसो साढे १ बजे आगलागीमा परेर रामचन्द्र प्रजाको छ महीनाका छोरा शिव प्रजाको मृत्यु भएको थियो भने उनको घर आगलागीले जलेर नष्ट भएको थियो । यस्तै रामकृष्ण प्रजा र दीपक चेपाङको घर जलेर नष्ट भएको थियो ।

जिल्ला विपत् व्यवस्थापन समितिको तर्फबाट मानवीय क्षति भएको परिवारलाई एक लाख १० हजार, इच्छाकामना गाउँपालिकाले ३५ हजार, प्रदेशसभा सदस्य घनश्याम दाहालले पाँच हजार, वडाध्यक्ष पञ्चबहादुर प्रजाका तर्फबाट दुई हजार सहयोग गरिएको छ ।

यस्तै आगलागीबाट क्षति भएका अन्य दुई परिवारलाई प्रशासन, गाउँपालिका, सांसद र वडाध्यक्षले २७ २७ हजार आर्थिक सहयोग गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । सो अवसरमा अग्निपीडित चेपाङ परिवारलाई नगदसहित खाद्यान्न र लत्ताकपडा पनि वितरण गरिएको थियो । तत्कालका लागि सहयोग गरिएको र घर निर्माणका लागि पनि सहयोग जुटाइने बस्नेतले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, इच्छाकामना गाउँपालिका प्रमख गीता गुरुङ, प्रहरी उपरीक्षक सुशीलसिंह राठौर लगायतको सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार ००:००