२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलेश्वर नगरपालिकाः ३ महीनादेखि खानेपानीबाट वञ्चित



माघ २२, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएका छन् ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार १८१ उपभोक्तामध्ये ६०० बढी उपभोक्ता विगत तीन महीनादेखि खानेपानीबाट वञ्चित रहेको गुनासो गरेका छन् ।

नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा ग्राहक बनेका प्रत्येक घरधुरीमा विगत तीन महीनादेखि खानेपानीको आपूर्ति नभएकाले उपभोक्ता पानीको अभावमा काकाकुल भएका छन् ।

ग्राहक खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङ जस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का गोरेबाबा साहले बताए । विगत तीन महीनादेखि खानेपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ता कपडा धुन र वस्तुभाऊलाई खुवाउनसमेत निक्कै समस्या भएको जलेश्वर–५ का विवेक साहले बताए ।

संस्थानका प्रशासन प्रमुख अजयकुमार प्रसादले नगरपालिकाको मुख्य बाटो भएर शहरी विकास मन्त्रालयको कार्यक्रम अन्तर्गत एपेक्स जेभी रोशन कन्सट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लाग्दा खानेपानीको पाइप ठाउँ ठाउँमा बिग्रेकाले कार्यालयले ठाउँ ठाउँमा पानीको आपूर्ति रोक्नुपरेको बताए ।

नाला निर्माणका लागि ह्युम पाइप राख्न स्काइभेटरले बाटो खन्दा ठाउँ ठाउँमा खानेपानीको ६ इन्च र ८ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेको उनको भनाइ छ ।

खानेपानी कार्यालयले नगरपालिका प्रमुख रामशङ्कर मिश्र र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई खानेपानी उपभोक्ताको समस्या बारेमा जानकारी गराउँदा उनीहरूले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने बताए । रासस

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार ००:००