१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७२ परिवारका लागि दुईवटा सार्वजनिक धारा



माघ ३, बाजुरा । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेराका ७२ घरधुरीका बासिन्दा खानेपानीको समस्याले पिल्सिएका छन् ।

बस्तीमा पानीको स्रोत नभएको दुईवटामात्र सार्वजनिक धारामा लाम लाग्दा पनि आवश्यक मात्रामा पानी पाउन नसकिएकाले आफूहरूले समस्या भोग्नु परेको स्थानीयवासी सरजन विकले गुनासो गरे ।

बहत्तर घरधुरी दलित परिवार रहेको उक्त गाउँमा पानी खानका लागि मुहानबाट दुईवटा धारा ल्याइएकाले ७२ घरधुरीले विहान–बेलुका लाइनमा बसेर पानी थाप्नु परेको अर्का स्थानीयवासी देउले विकले बताए । वर्षौदेखि यो समस्या आफूहरूले भोग्दै आएको उनको भनाइ थियो ।

शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत आवश्यकता पूरा गर्न जनप्रतिनिधि चुनिएर आएको डेढ वर्ष बितिसक्दा पनि उनीहरू आफैले गरेको प्रतिज्ञा पूरा गर्न बेवास्था गरेकाले यो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

चुनावमा भोट माग्न आउदा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेका छौं भनी भोट मागे तर अहिलेसम्म समस्या समाधानका लागि कसैले पनि नबोलेको अर्का स्थानीयवासी सरजन विकले बताए । उनका अनुसार खानेपानीको जोहो गर्नाका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म लाइनमै बस्नुपर्ने बाद्यता छ । रासस

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार ००:००