८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीय खुशी



 

मङ्सिर २१, बेझाड । पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका १ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

रामपुर यातायात व्यवसायी समितिमार्फत लु ५ अ ५७९९ नं को बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा समूहले खुशीयालीमा झाँकीसमेत देखाएका थिए ।

गाउँमा पहिलो पटक बस भित्रिँदा निकै रमाइलो लागेको स्थानीयवासी तुकबहादुर सोतीले बताए । पाल्पाको रामपुर बजारदेखि साना जिप सञ्चालनमा आए पनि सडक समस्याका कारण ठूला गाडी गाउँमा पुग्न सकेका थिएनन् ।

अब नियमित रूपमा रामपुरदेखि लेखमलाङसम्म बस सेवा सञ्चालन गर्ने तयारी रहेको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले बताए । निस्दी गाउँपालिकाले गत वर्ष ५५ लाख खर्च गरेर सहलकोट आनन्दी भन्ज्याङ देखि लेखमलाङ हुँदै डमराको भोटाहा सम्म सडकको ट्र्याक खोले पनि वर्षाका कारण पहिरोले सडक अवरुद्ध बनेको थियो ।

अहिले स्थानीयवासीको सक्रियतामा सडक मर्मत गरेपछि बस गाउँमा पु¥याउन सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर पुलामीले बताए । स्थानीयवासीले गाउँमा रामपुर देखि नियमित बस सेवा सञ्चालन गराउन रामपुर यातायात व्यवसायी समितिलाई आग्रह पनि गरेका थिए ।

साना जिपमा यात्रुको चाप बढी हुँदा जोखिमपूर्वक यात्रा गर्न बाध्य भएकामा नियमितरूपमा बस सेवा सञ्चालनमा भए गाउँमा उत्पादित कृषिजन्य सामग्री रामपुर बजारसम्म पु¥यउन सहज हुने र सजिलोसँग यात्रा गर्न पाइने स्थानीयवासीले आशा गरेका छन् ।
रासस

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार ००:००