१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राउतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

लेखक स्थानीय खबर १९ मंसिर २०७५, बुधबार १ मिनेट पढाइ

 

मङ्सिर २९, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ ।

गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग जिआइजेड ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पु¥याएको हो ।

जिल्लाको विकट बस्तीमा पर्ने चौकीमा सुरु भएको प्रयोगशालामा कलेजो, मिर्गौला, रक्तचाप, थाइराइड, दिसापिसाब, खकार, रगत लगायतको परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला सञ्चालनमा आएपछि बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने वडा नं ३ का अध्यक्ष ध्रुवकर केसीले जानकारी दिए ।

स्वास्थ्य चौकीमा जिल्लाकै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने गरी गाँउपालिकाले प्रसूति सेवा पनि यसै वर्षदेखि सञ्चालनमा ल्याएको छ । गाउँपलिकाका अन्य छवटा वडाहरुमा पनि दक्ष जनशक्ति, आधुनिक उपकरण र सुविधासम्पन्न भौतिक संरचना विस्तार गरी सर्वसुलभ उपचार सेवा प्रवाह गर्ने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।