१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुर नगरपालिकाः लिफ्टिङ खानेपानी आयोजना सम्पन्न



 

मङ्सिर १७, बेझाड । रामपुर नगरपालिका ५ मा बहखोलामा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा बहखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त खानेपानी आयोजना निर्माणका लागि नगरपालिकाबाट पाँच लाख विनियोजित रकममध्ये तीन लाख ६४ हजार ४०० प्राविधिकको लागत इष्टमेट र १०० स्थानीयवासीको जनश्रमदानमा आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष मित्रलाल ढकालले बताए ।

यहाँ खानेपानीको दिगो स्रोत नहुँदा छ महीना बस्तीदेखि तल रहेको बहखोलाबाट एक घण्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउनुपर्ने बाध्यता थियो । बस्तीदेखि करीब ३०० मिटर तल रहेको सुघुरे खोलाबाट लिफ्टिङ गरेर खानेपानी बस्तीमा लगिएको छ ।

गाउँमा खानेपानीको आयोजना सम्पन्न भएपछि खडेरीयाममा ठूलो राहत पुग्ने स्थानीयवासी रुद्र श्रेष्ठ बताउछन् । “माघदेखि असारसम्म खानेपानीको निकै समस्या हुन्थ्यो, डोकोमा नै बोकेर जीविका चलाउने हो, अब यो समस्याबाट मुक्त हुने भइयो”, उनले भने ।

परिक्षणका लागि उक्त आयोजनाको पानी केही समय उपभोग गरे पनि अहिले गाउँमा पानीको अभाव नभएका कारण पुरानै पानी प्रयोग गरिरहेको स्थानीयवासी विष्णुमाया श्रेष्ठ बताउछिन् । यस आयोजनाबाट यहाँका करीब १८ घरपरिवारका स्थानीयवासीलाई ठूलो राहत मिल्नेछ । यहाँ यस आयोजनाबाट खानेपानी उपभोग मात्र नभई तरकारी लगायतका विभिन्न बालीनाली सिँचाइ गरेर राम्रो आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना छ ।

अठ्ठाइस विपन्न परिवारलाई न्यानो कपडा वितरण

निस्दी गाउँपालिका–२ लिन्दीमा रहेका गरीब, विपन्न परिवारलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । रामपुरका स्थानीय युवा रामचन्द्र अधिकारी, अर्जुनप्रसाद श्रेष्ठ र दुर्गाप्रसाद ढकालले यहाँका २८ घरपरिवारलाई जाडोको न्यानो कपडा कम्बल वितरण गरेका हुन् ।

गरीब, विपन्न परिवारमा जाडोमा केही राहत पुगोस् भनेर गाउँमै पुगेर न्यानो कपडा कम्बल वितरण गरिएको सहयोगदाता रामचन्द्र अधिकारीले बताए । गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जाडोको कपडा वितरण गर्दै गाउँपालिकाले नगरेको काम युवाले यहाँ आएर गरेकोमा धन्यवाद दिए ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार ००:००