१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दृष्टिबिहिनलाई नगर प्रमुखबाट मासिक दुई हजार



 

कात्तिक ४, बेत्रावती । नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएका छन् ।

प्रमुख पण्डितले विदुर नगरपालिका ९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक दुई हजार रकम आफू जनप्रतिनिधि भएपश्चात्को अवधिको एकमुष्ट रुपमा उपलब्ध गराए । उनले प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट अहिलेसम्म १५ महीनाको तीस हजार दुवै आँखा नदेख्ने नेपालीलाई उपलब्ध गराए ।

“यो सेवा आफू जनप्रतिनिधि रहुन्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु,” उनले भने, “अब निरन्तर मासिक रुपमा रकम उपलब्ध गराउनेछु ।” जग्गा तथा सम्पत्ति केही नभएका नेपालीले वृद्ध बुबा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आएका छन् ।

“सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो,” नेपालीले भने, “मेयरले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।”
रासस

प्रकाशित मिति : ४ कार्तिक २०७५, आइतबार ००:००