२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जामुनखाडी प्रजापति कनकाई खानेपानी आयोजना’ शिलान्यास



 

असोज ९, बनियानी– झापा । कनकाई नगरपालिकामा करीब १६ करोडको लागतमा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

कनकाई नगरपालिका–२ जामुनबारीमा ‘जामुनखाडी प्रजापति कनकाई खानेपानी आयोजना’को सोमबार प्रतिनिधिसभाका सांसद एलपी साँबा लिम्बू र प्रदेशसभा सदस्य हिराकुमार थापाले संयुक्त रुपमा शिलान्यास गरे ।

कनकाई नगरपालिका १ र २ वडाका बासिन्दालाई लक्ष्य गरी सो आयोजना निर्माण थालिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयबाट प्राप्त १३ करोड ७५ लाख तथा उपभोक्ताबाट सङ्कलित दुई करोडको लागतमा बन्न लागेको सो आयोजना चार वर्षभित्र पुरा गरिनेछ ।

अहिले यहाँका बासिन्दा इनार र ट्युबवेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । आयोजना निर्माण सम्पन्न भए कनकाई १ र २ का दुई हजार घरधुरीका १२ हजार बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव निर्मल खनालले बताए ।
रासस

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार ००:००