२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकट गाउँको स्वास्थ्य केन्दमा एक्स–रे सेवा शुरु



 

असोज १, पर्वत । यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो ।

उक्त एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुभारम्भ गरे । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक्सरे मेशिन उपलब्ध गराएको हो भने कुस्मा नगरपालिका–१२ ठूलीपोखरी वडा कार्यालय र कुस्मा नगरपालिकाले विनियोजन गरेको पाँच लाखको लागतमा एक्सरे कोठा, सामग्री समेतको व्यवस्था गरिएको छ ।

एक्सरे सुविधा थपिएपछि सामान्य चोटपटक लाग्दा र सामान्य परीक्षणका लागि पनि पर्वत जिल्ला अस्पताल र पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा विवेक भण्डारीले बताए ।

कार्यक्रममा नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्र रहेका सवै स्वास्थ्य संस्थालाई प्रभावकारी उपचार सेवा प्रदान गर्नका लागि नगरपालिकाले विशेष कार्ययोजना अघि सार्ने बताए ।
रासस

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार ००:००