२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महिना सम्म पनि पहिरो नहटाउँदा पैदल यात्रा गर्न बाध्य



 

साउन ११, पाल्पा । वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि पहिरो नहटाइदा यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।

वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो ।

जुवापौवादेखि नेपानेसम्मको सडकमा पाँच सात स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिए । सुन्दरेढुंगादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा सडक विस्तार गरी बस सञ्चालनमा ल्याए पनि यसपालि पहिरोका कारण असार महिनादेखि नै यात्रुले नेपाने सम्म करीब दुई घण्टासम्म पैदल हिँडेर यात्रा गर्दै आइरहेका छन् ।

“जथाभावी सडक फराकिलो बनाएकाले पहिरो खस्दा यात्रुले समस्या झेलेका छन्, गाउँपालिकाले पहिरो हटाउनुपर्नेमा रमिते भएर बसेको छ,” सोमबहादुर रायमाझीले भने, “बिरामीलाई तानसेन अस्पताल लैजान, र वृद्ध–बृद्धा तथा बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ ।” उक्त गाउँपालिका वडा नं ६ मा तीन हजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र वडा नं ८ मा तीन हजार १६५ जनसंख्या छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भदौ अगाडि नै वर्षा रोकिने बित्तिकै सडकको पहिरो हटाएर यातायातका साधन सञ्चालन गरिने बताए ।
रासस

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ००:००