१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीको लिफ्ट खानेपानी आयोजना ४० प्रतिशत निर्माण



 

१७ असार, फलेवास । उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा ‘लिफ्ट’ प्रबिधिको खानेपानी आयोजना ४० प्रतिशत निर्माण भएको छ ।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनीमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गत वर्षदेखि शुरु भएको हो । आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्तिको समस्या बढिरहेको अवस्थामा पर्वत बेनीमा सञ्चालित उक्त आयोजनामार्फत कालीगण्डकी नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्यअनुरुप आयोजना शुरु गरिएको हो ।

डिभिजन कार्यालय पर्वतका इञ्जिनियर विधान अर्यालले सम्पवयल प्रविधिको पम्पबाट १५० मिटर माथीको ट्याङ्कीमा पु-याईनेछ । कालीगण्डकी नदी किनारमा रहेको जुगेपानीको मुहानबाट बस्ती माथीको ट्याङ्कीमा पु¥याएर ४ पटक प्रशोधन गरि बितरण गरिने छ ।

सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको ३० प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण आयोजना निर्माण हुन लागेको छ । आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नं वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका करिब १ हजार घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए ।

प्रत्येक घरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना २०७६ असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि रु १२ करोड ४३ लाख ७८ हजार ४८७ लागत अनुमान गरिएको उपभोक्ता संस्थाका कोषाध्यक्ष डिलबहादुर बरुवालले बताए । रासस

प्रकाशित मिति : १७ असार २०७५, आइतबार ००:००