Logo

लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न



 

१४ जेठ, रामपुर– पाल्पा ।
बगनासकाली गाउँपालिका– ८ बराङ्दी घिउसीबासमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगको १५ लाख र स्थानीय जनसहभागिताको ३ लाख ६० हजार गरी जम्मा १८ लाख ६० हजार लगानीमा निर्माण सम्पन्न भएको हो ।

तीन वर्षको समय अवधिमा निर्माण कार्य सकिएको घिउसीबास लिफ्टिङ खानेपानी निर्माण उपभोक्ता समिति बराङ्दीका अध्यक्ष मोतीलाल बस्यालले बताए । उनले खानेपानीको अभावका कारण यहाँका स्थानीयलाई धेरै समय पानीमै खर्चनु परेको बताउँदै आगामी दिनमा सहज हुने विश्वास व्यक्त गरे ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले हरेक योजनाको आफ्नै महत्व रहेको बताउँदै अबको ५ वर्षभित्रमा गाउँपालिकाभित्र खानेपानीको सहज सेवा प्रदान गर्ने बताए । यस आयोजनाबाट करीब ४०० स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
रासस

प्रतिक्रिया दिनुहोस्