१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिदिम नगरपालिका डाँडागाउँमा घरघरमै धारा जडान, स्थानीय हर्षित

लेखक स्थानीय खबर ४ जेष्ठ २०७५, शुक्रबार १ मिनेट पढाइ

४ जेठ, पाँचथर ।
पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन बोर्ड) तथा हुसाडेक नेपालको ३६ लाख ५० हजार आर्थिक सहयोग, तथा स्थानीयको २३ लाख जनश्रमदान र प्रशासनिक खर्च १ लाख ५० हजार गरी कूल ६१ लाखको लागतमा आयोजनाको निर्माण कार्य सकिएको समन्वयकारी संस्था नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा पाँचथरका कार्यकारी अधिकृत तथा यस आयोजनाका टिम लिडर गुरुराज तिम्सिनाले जानकारी दिए ।

गत ०७४ असारमा शुरु भएको आयोजना १० महिनापछि ०७४ चैतमा सकिएको जल वर्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष यज्ञविक्रम न्यौपानेले जानकारी दिए ।

यसअघि धारा निर्माण हुनुपूर्व त्यहाँ पानीको विकराल समस्या रहेको उनले बताए । कुवाको पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट आफूहरु मुक्त भएको उनले बताए ।
रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।