१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी आपूर्तिमा समस्याः दुईलाख जनता प्रभावित

लेखक स्थानीय खबर २७ बैशाख २०७५, बिहिबार १ मिनेट पढाइ

२७ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौंका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ ।

करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफल लगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको छैन ।

खानेपानी संस्थानले विगतमा सुन्दरीघाटमा गरेको बोरिङबाट आउने पानीलाई ट्यांकीमा संकलन गरी पानी वितरण गरिँदै आएकामा त्यहाँ भएको समस्याका कारण करीब दुईलाख मानिस प्रभावित भएका छन् ।

चीन सरकारले चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म गर्न लागेको सडक विस्तारका क्रममा त्यस क्षेत्रको पाइप बिग्रिएको भए पनि त्यसलाई सुरक्षाकर्मी, खानेपानी संस्थान लगायतले राति समन्वय गरी पाइप मिलाउने कार्यसमेत भइरहेको महानगरीय प्रहरी प्रभाग, बल्खुका प्रमुख अरुण चौधरीले जानकारी दिए ।

स्थानीय कुमारी क्लबका अध्यक्ष मोहनकुमार बस्नेतले पूर्वाधार विकासका क्रममा केही स्थानमा समस्या आएपनि त्यसलाई आपसी समन्वय र सहकार्यबाट समाधान खोज्नुपर्ने बताउँदै खानेपानी चाँडो आपूर्ति गर्न सरकारलाई आग्रह गरे ।
रासस

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।