१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा पुरुषभन्दा महिला उम्मेद्वार सक्रिय



रामपुर, पाल्पा । स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारमा व्यस्त छन् ।

यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिलाहरू चुनावी माहोलमा व्यस्त देखिएका छन् ।

आरक्षण कोटा सुनिश्चित भएपछि महिलाहरू नगर तथा गाउँको नेतृत्व लिन दिनरात चुनावी कसरतमा छन् ।

गाउँपालिका तथा नगरपालिकाको टोल, गाउँ बस्ती, वडा वडामा पुगेर कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रममा महिलाहरू व्यस्त हुन थालेका छन् ।

महिलाका समस्या, हक अधिकारका बिषयहरू सम्बोधन हुने आशाले पनि महिलाहरूले यो निर्वाचनलाई विशेष चासो र महत्वका साथ लिएका छन् ।

रामपुरकी विष्णु घिमिरे अहिले नेपाली कांग्रेसबाट रामपुर नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्वारी दिने तयारीका साथ प्रचार अभियानमा जुटेकी छन् ।

“उपप्रमुखमा जिते महिलाका हरेक समस्याको हल खोज्न केन्द्रित हुनेछु,” उनले भनिन्, “पार्टी नहेरी असल र योग्य उम्मेद्वारलाई मतदान गर्नुपर्छ ।”

नेकपा (एमाले)को तर्फबाट नगरको उपप्रमुख पदमा होमिएकी दुर्गा राना पनि यतिबेला चुनावी प्रचारका क्रममा गाउँ पुगेकी छन् ।

“महिला सधैँ पछाडि नै छन् । त्यसमा पनि जनजाति र दलित महिलाको अवस्था दयनीय छ,” रानाले भनिन्, “नेतृत्व गर्ने अबसर पाए अवस्था राम्रो हुन्छ । मेरो उम्मेद्वारी यसैका लागी हो ।”

राष्ट्रिय जनमोर्चाको तर्फबाट नगरको उपप्रमुख पदमा कुन्तादेवी गैरे पनि उम्मेद्वारी दिने तयारीका साथ प्रचारमा लागेकी छन् ।

“पहिला महिलालाई अवसर र परिवारबाट सहयोग नहुँदा पछाडी नै रह्यौं,” नउले भनिन्, “नगर नेतृत्वको चुनावमा उठ्न श्रीमान् र परिवारबाट राम्रो सहयोग छ । उपप्रमुखमा उठ्ने तयारीमा छु ।”

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा यतिबेला पुरुषभन्दा महिला नेतृत्वकर्ताको चुनावी चहलपहल बढ्दो देखिन्छ । नगरपालिका, गाउँपालिकाका वडा वडामा उम्मेदवारको नाम दर्ता गराउने कार्यमा पनि महिलाको सङ्ख्या नै उल्लेख्य रहेको छ । रासस

प्रकाशित मिति : ३ बैशाख २०७४, आइतबार ००:००