२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित



१९ वैशाख, रामपुर– पाल्पा ।
रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाबाट पाल्पा रामपुरका दुई हजार ७०० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

एशियाली विकास बैंकको २५ करोड १० लाख ८९ हजार ८३७ को लागतमा सम्पन्न सो आयोजनाबाट अहिले घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि यहाँका बासिन्दाको खानेपानीको समस्या समाधान भएको आयोजनाका उपाध्यक्ष हुमनाथ न्यौपाने बताउछन् ।

दुई हजार ७०० घरधुरीमा धारा जडान भएको छ । तीन हजार १३७ घरधुरीमा पानी वितरण गर्ने लक्ष्य रहे पनि यस आयोजनाबाट रामपुरका करीब ५ हजार घरपरिवारलाई प्रशस्त खानेपानीको सुविधा पुग्ने उनी बताउछन् । यो आयोजना रामपुर नगरपालिका ४, ५, ६ र ७ का तल्लो बस्तीमा सञ्चालनमा ल्याइएको हो । कतिपय घरघडेरीमा घर निर्माण नभएका कारण धारा जडान गर्न बाँकी छ ।

खानेपानीका लागि वर्षौंदेखि निकै समस्या भोग्दै आएका यहाँका बासिन्दालाई घरघरमा पानी आएपछि ठूलो राहत पुगेको स्थानीय डिलमाया सोमै बताउछिन् । “पहिला पानी खोज्नका लागि गाग्री बोकेर बिहानभर खोलाका कुवामा चहार्नुपर्थ्यो अहिले आयोजनाबाट घरमै पानी आएकाले अत्यन्त सहज भएको छ,” उनले भनिन् । २०७० साल साउन ३१ गते ठेक्का सम्झौता भई २०७१ साल माघ ३० गतेदेखि आयोजनाको काम शुरु गरिएको थियो ।
रासस

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ००:००