१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छथर गाउँपालिका केन्द्रबाट १ सय ५५ लाई नागरिकता बितरण

लेखक स्थानीय खबर १९ बैशाख २०७५, बुधबार १ मिनेट पढाइ

१९ वैशाख, तेह्रथुम ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो ।

गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए ।

नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने ध्येयले प्रशासनले जिल्लाका सबै स्थानीय तहका केन्द्रमा घुम्ती शिविरको आयोजना गरी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

संघीयता कार्यान्वयनको चरणमा जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवा सुविधा गाउँगाउँमा पुगेका तर नागरिकता प्राप्त गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता नागरिकमा रहिरहेका कारण नागरिकको सुविधाका लागि शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र फेदाप गाउँपालिकामा समेत घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको थियो ।
रासस

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।