१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण



११ वैशाख, पथरी– मोरङ ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सोमबार तीन वटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए । वडाका जनप्रतिनिधिको समेत उत्साहजन उपस्थितिबीच भएको कार्यक्रममा २ र १० नम्बर वडामा १०, १० जना र ३ नम्बर वडामा ६ जनाको स्वास्थ्य परीक्षण भएको छ । स्थानीय सरकारले यस्तो खालको काम थालेकोमा वडावासीले अनौठो खुशी व्यक्त गरेका छन् ।

ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, कानको जाँच, अक्सिजनको मात्रा, नाडीको गति, स्वासप्रश्वास दर, शरीरको तापक्रम, तौलको परीक्षणका साथै खाँदै गरेका औषधि सहितका स्वास्थ्य सल्लाह प्रदान गरिनेछ । स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधि पनि आवश्यकता अनुसार संगै प्रदान गरिएको छ ।

प्रत्येक वडामा प्रत्येक महिना एक साताको अवधि छुट्याएर यसखाले चेकजाँच गरिनेछ । ज्येष्ठ नागरिकको स्वास्थ्यसंग नगरपालिका नामक कार्यक्रम अन्तर्गत निर्देशिका समेत निर्माण गरी काम थालिएको हो । यो कामको उद्घाटन भने नयाँ वर्षको अवसर पारेर वैशाख १ गते भएको थियो ।

वडा नम्बर ३ का ८४ वर्षीय तुलाराम बजगाईंको जाँच गर्दा मुटुको गतिमा समस्या देखिएकाले विराटनगरको नोबेल अस्पतालमा रेफर गरिएको छ । नगरपालिकाले १ नम्बर प्रदेशभरि उपचार गर्न वर्षमा एकपटक अस्पतालसम्म पु¥याउन एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने क्रार्यक्रमको थालनी बजगाईंबाटै शुरु गर्दैछ ।
रासस

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलबार ००:००