१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा १४ हजारको स्वास्थ्य बिमा, ५७ लाख संकलन



९ वैशाख, सुर्खेत ।
जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा ५७ लाख संकलन भएको छ । गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये २ हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् ।

स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए ।

“कर्णाली प्रदेशका जुम्ला, सुर्खेत र जाजरकोटमा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्ला नै अगाडि रहेको छ,” मेडिकल रेकर्डर बुढाले भने । उनका अनुसार जुम्लाको कूल १ लाख ८ हजार ९२१ जनसंख्यामा १०.११ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । जहाँ तीन लाख ५० हजार ८०४ कूल जनसंख्या भएको सुर्खेतमा ४.०१७ र कूल जनसंख्या एक लाख ७१ हजार ३०४ भएको जाजरकोटमा ६.१७ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेको उनले बताए ।

कर्णाली प्रदेशका स्वास्थ्य बिमा कार्यालयका संयोजक अर्जुन पण्डितले ३३ जिल्लामा स्वास्थ्य बिमा लागू भएको र ४० जिल्लासम्म यो अभियान पु¥याउने लक्ष्य रहेको बताए ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले यो अभियानलाई विस्तार गर्नाका साथै प्रभावकारी बनाएर लैजान अहिले जनप्रतिनिधिलाई स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण दिन थालेको छ । अछाम बैतडी, कैलाली, बाग्लुङ, म्याग्दी, पाल्पा, इलाम, जुम्ला, जाजरकोट र सुर्खेतमा यो कार्यक्रम शुरु भएको जनाइएको छ ।
रासस

प्रकाशित मिति : ९ बैशाख २०७५, आइतबार ००:००