७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा



बागलुङ, २८ चैत । बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएकी छन । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हालीरहेको प्रधानअध्यापकत्यागेकी हुन् ।

आइतबार बागलुङका जि.सि.अ. विष्णुप्रसाद मिश्र सामु राजीनामा बुझाएको शर्माले बताइन् । बागलुङ नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा ४४ वर्षीया शर्माको नाम आकांक्षीको सूचीमा छ ।

“२३ वर्षसम्म निष्ठापूर्वक शिक्षण पेसा गरेँ, अब पार्टीको बफादार सिपाही बन्छु”, शर्माले भनिन् । असल प्रधानअध्यापककाे राजीनामाले दुःखी तुल्याएको विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य माया थापाले प्रतिक्रिया दिइन ।

पाँच सय विद्यार्थी पढ्ने उक्त विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन शर्माले निजी विद्यालयमा पढ्ने आफ्ना छोराछोरीलाई समेत सोही विद्यालयमा ल्याएर भर्ना गरेकी थिइन ।  रासस

प्रकाशित मिति : २८ चैत्र २०७३, सोमबार ००:००