२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत नमूना बस्तीका लागि सहयोगको अपिल



१८ चैत, दोलखा ।
एकीकृत नमूना बस्तीको पूर्वाधार निमार्णका लागि सरकारले सात करोड ३२ लाख विनियोजन गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका ४ जिलूको फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर निमार्णका लागि एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको हो ।

प्राधिकरणले शहरी विकास डिभिजन कार्यालयलाई एकीकृत नमूना बस्तीमा सडक, खानेपानी, विद्युत्, नाला, ढल र सामुदायिक भवन निमार्णको कार्यान्वयन गर्न सात करोड ३२ लाख विनियोजन गरेको पुनःनिर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिए ।

विपन्न नागरिकको बसोबास भएको यो बस्तीमा एकै प्रकारका घर निर्माण गर्न उनीहरुले माग गरेका छन् । घर निर्माणका लागि सहयोग गरिदिन यहाँका नागरिक संघसंस्थाको पर्खाइ रहेको एकीकृत नमूना बस्तीका अभियन्ता एवं भीमेश्वर नगरपालिका ४ का वडाध्यक्ष हरिवंश चौलागार्इंले बताए ।

चौलागाईंले भने, “एकीकृत नमूना बस्तीको लागि डिटेल प्रोजेक्ट पूरा गरी पुनःनिर्माण प्राधिकरणमा पेश गरेकाले पूर्वाधार निर्माणका लागि सरकारले विनियोजन छ ।”

एकीकृत नमूना बस्तीमा इन्जिनियर र अमिनले जग्गा छुटाउने कार्य धमाधम भइरहेको चौलागाईंले जानकारी दिए । सदरमुकाम चरिकोटबाट नजिकै रहेको यो बस्ती नमूनायोग्य ठाउँ बन्नेछ, होमस्टेका लागि अत्यन्तै उपयुक्त भएकाले सरकारको लगानी मात्र नभई सहयोगी संस्थाले लगानी गरे औचित्य साबित हुनेछ अध्यक्ष चौलागाईंले बताए ।

बस्तीका अभियन्ता रामजीप्रसाद चौलागार्इंले भने, “यहाँ एउटा घर निर्माण हुन कम्तीमा १५ लाख लाग्छ ,सरकारले प्रदान गर्ने आवास निमार्णको सहुलियत रकम तीन लाखबाहेक १२ लाख आवश्यक पर्ने हुँदा सरकारले दुई प्रतिशत ब्याजदरमा दिने १५ लाख दिएको खण्डमा विपन्न बस्तीका नागरिकले घर बनाउन सक्ने थिए ।”

बस्ती निमार्णका लागि स्थानीयस्तरमा गर्नुपर्ने सम्पूर्ण काम पूरा भइसकेको र अब भवन निर्माणको काम शुरु गर्न ढिला भइसकेकाले सहयोगी हातलाई नमूना बस्ती निर्माणमा सहयोग गरिदिन चौलागाईंले समेत आग्रह गरे ।
रासस

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार ००:००