म्२६ फागुन, म्याग्दी । रघुगंगा गाउँपालिकाको थमकोटमा भ्यू टावर निर्माण गरिने भएको छ । रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षण गराउन भ्यू टावर निर्माण गरिने लागेको हो ।
रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रमा टावर निर्माण गरिने छ । धौलागिरि आइसफल पदमार्गमा पर्ने यो क्षेत्रमा पर्यटकको आर्कषण बढाउन रुइसेको थमकोटमा भ्यू टावर निमाृण गर्न लागेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
निर्माण गर्न गाउँपालिकाले १५ लाख रुपैयाँ र वडा नं २ ले १ लाख रुपैयाँ विनियोजन गरेका छन् । समुन्द्री सतहदेखि २ हजार २२० मिटर उचाइमा रहेको थामकोटमा टावर निर्माणका लागी आवश्यक तयारी भइसकेको वडा नं २ का अध्यक्ष रिम कटुवालले बताए ।
थामकोटबाट मनोरम हिमशृङ्खला, म्याग्दीका दर्जनौँ गाउँ बस्ती र प्राकृतिक सुन्दरतालाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । रासस
प्रतिक्रिया