१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै महानगरपालिकालाई जेठभित्र एमआईएस सिस्टममा घटना दर्ता गर्न निर्देशन



सरकारले काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकालाई व्यवस्थापन सुचना प्रणाली (एमआईएस) सिस्टममा घटना दर्ता गर्न निर्देशन दिएको छ । केन्द्रीय पञ्जिकरण विभागले काठमाडौंसहित भरखरै गठन भएका अरू तीन नगरपालिकालाई पनि एमआईएस सिस्टममा दर्ता गर्न निर्देशन दिएको हो ।

विभागका उपसचिव विशाल भारद्वाजका अनुसार महानगरपालिकाहरूले विद्युतीय प्रणालीमा आधारित एमआईएस प्रणालीबाट दर्ता गर्न निर्देशन दिएको बताए । फागुन ३० गते मन्त्रीस्तरीय निर्णयले महानगरपालिकाहरूमा यस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ ।

घटना दर्ताका लागी सबै वडा कार्यालयमा प्रिन्टर, कम्युटर राख्न र न्यूनतम् १ सय २८ किलोबाइट्स क्षमताको इन्टरनेट जोड्न निर्देशन दिइएको छ । एमआईएस सिस्टममा दर्ता गर्न तालिम आवश्यक तालिम पनि दिने भारद्वाजले बताए ।

के हो एमआईएस ?

यस सिस्टममा जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँसराईजस्ता घटनाहरू कम्युटरबाट दर्ता गराउनु पर्छ । दर्ता भएपछि स्वतः विभागको सफ्टवेयरमा पनि रेकर्ड बस्छ ।

सफ्टवेयरले सामाजिक सुरक्षा भत्ता पाउन अयोग्य भइसकेका लाभग्राहीको नाम स्वतः लगतकट्टा गर्छ । जस्तो, वाल संरक्षण अनुदान पाइरहेको कुनै बच्चाको उमेर ५ बर्ष नाघ्यो भने सफ्टवेयरले भत्ता पाउनेको सुचीबाट उसको नाम हटाइदिन्छ ।

भत्ता लिँदा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने हुँदा जन्ममिति पनि सफ्टवेयरमा उल्लेख गर्नुपर्ने हुन्छ । सोही मितिका आधारमा ५ बर्ष पुगेपछि स्वतः लगतकट्टा हुन्छ ।

यसरी लगतकट्टा भएपछि भत्ता रकम अनियमितता हुन पाउँदैन । गाविस र नगरपालिकाहरूमा लगतकट्टा नगरे भत्तावापतको रकम विनियोजन भइराख्ने र मृतक तथा उमेर नाघिसकेका व्यक्तिको नाममा भत्ता हिनामिना हुन सक्छ ।

एमआईएसले अनलाईन सिस्टमबाट मृत्युदर्ता भएका लाभग्राहीको पनि लगतकट्टा गर्छ । अनलाईनमा दर्ता भएका घटना र एमआईएसमा भएको लाभग्राहीको सुची सफ्टवेयरले भिडाउँछ । अनलाईनमा मृत्यु दर्ता भएको रहेछ भने स्वतः लगतकट्टा हुन्छ । र कसैले पुनः दर्ता वा नविकरण गर्न खोजे पनि सुचिकृत हुँदैन ।

एमआईएसमा दर्ता हुनुअघि लाभग्राहीसँग भत्ता बुझ्ने पासबुक हुन्छ । दर्ता पछि कार्ड हुन्छ । साथैं बैंकबाट भत्ता बितरण गर्न पनि एमआईएसमा दर्ता अनिवार्य छ ।

प्रकाशित मिति : ८ चैत्र २०७३, मंगलबार ००:००