६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हृदयाघातका कारण वडासदस्य खनालको निधन



 

१२ माघ, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका–६ का वडा सदस्य यज्ञप्रसाद खनालकाे हृदयाघातका कारण मृत्यु भएकाे छ । नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी सदस्यसमेत रहेका खनालको बिहीबार मृत्यु भएको हाे ।

वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा छन् । उनकाे शुक्रबार विहान रामघाटमा दाहसंस्कार गरिएकाे एमाले जिल्ला सदस्य युवराज पोख्रेलले जानकारी दिए ।

खनालको निधनप्रति एमाले कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष झविलाल पोख्रेलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरिएको हो । रासस 

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ००:००