८ पुस, कास्की । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।
पोखराबाट भाचोकतर्फ गइरहेको ना ३ ख ७४३६ नं. को बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिएका छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएकाे छ भने उनीहरूकाे मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया