१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुसहर समुदायका लागि सुविधा सम्पन्न भवन निर्माण हुँदै



४ पुस, राजविराज ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका मुसहर समुदायका लागि निर्माण हुने सुबिधा सम्पन्न भवनको सोमबार एक समारोह बिच शिलान्यास गरे ।

न्युज २४ च्यानल प्रालिद्वारा तिलाठी कोइलाडी ४ स्थित १० कठा जग्गामा मुसहर समुदायका लागि करिब ४२ वटा सुबिधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।

दुई कोठा, एक भान्सा र शौचालयसहित एउटा भवन ४ धुर जमिनमा निर्माण गरिने बताइएको छ । करिब तीन लाख ५० हजारको लागतमा एउटा भवन निर्माण गर्न लागिएको सो च्यानलद्धारा जानकारी दिइएको छ ।

बाढीबाट प्रभावित मुसहर समुदायका लागि सो भवन निर्माण गरिने बताइएको छ । बाढीबाट जोगिनका लागि भवनको तलबाट पानी बग्ने गरि निर्माण गर्न लागिएको प्राबिधिकले बताएका छन ।

सो अवसरमा अध्यक्ष यादवले राष्ट्र, राष्ट्रियता र जनताप्रति संचारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउदै समाजिक बिकृति र विसंगतिका विरुद्ध संचारमाध्यमले समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : ४ पुस २०७४, मंगलबार ००:००