७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता आवासबारे सूचना नपाउदा…



२ पुस, मलेखु– धादिङ ।
जनता आवास कार्याक्रमअन्तर्गत जिल्लामा सरकारले निर्माण गर्न सहयोग गर्ने भवनका लागि जनताबाट निवेदन आह्वान गर्ने मिति सकिँदासम्म पनि निवेदन न्यून मात्रामा परेको छ ।

कार्यक्रमअन्तर्गत साविकको महादेवस्थान गाविसमा चेपाङ घर निर्माणका लागि २० दरबन्दी निर्धारण गरिएकामा निवेदन मिति मंसिर समापन हुँदासम्म चार जनाले मात्र निवेदन दिएको र सूचना अभावका कारण जनता निवेदन दिन नआएको नेपाल चेपाङ संघका तिलक चेपाङले बताए ।

गरिब चेपाङका लागि सरकारले दुई लाख ३५ हजार दिएर निर्माणमा सहयोग गर्नेछ । जिल्लामा चेपाङ समुदायका लागि एक सय र दलित समुदायका लागि दुई सय घर निर्माणको योजना भए पनि केही गाउँपालिका, केही वडा र केही सूचना दिने अधिकारीले जनतालाई सूचना नदिँदा समय सकिँदा पनि निवेदन संकलन भएन ।

गाउँपालिका र नगरपालिकालाई सूचना भएकाले सूचना नपुगेको भन्न नमिल्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धादिङका वामदेव शर्मा बताउछन् ।
रासस

प्रकाशित मिति : २ पुस २०७४, आइतबार ००:००