९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमआईएस दर्तामा नगरपालिका र जिविसको अटेर, समाजिक सुरक्षा भत्ता रोक्ने विभागकाे चेतावनी



स्थानीय खबर संवाददाता,

व्यवस्थापन सुचना प्रणाली (एमआईएस) मा लाभग्राहीको नाम दर्ता नगर्ने नगरपालिका र जिविसहरूलाई केन्द्रीय पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता रोक्ने चेतावनी दिएको छ । पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेपछि केही दिनअघि पुनः पत्राचार गरि माघ मसान्तभित्र दर्ता नगरे भत्तावापतको बजेट विनियोजन गर्न नसकिने विभागले जनाएको छ । सरकारले यस बर्षको बजेटमा सबै लाभग्राहीलाई बैंकबाट भत्ता दिने घोषणा गरेको छ । बैंकबाट भत्ता बितरण गर्न पनि एमआईएसमा दर्ता गर्नु परेको हो ।

एमआइएस दर्ता नगर्ने जिविस

ताप्लेजुङ           रुकुम
रोल्पा                 सर्लाही
रसुवा                 सल्यान
धादिङ               सिराह
नुवाकोट            सप्तरी
लमजुङ             रामेछाप
कास्की              धनुषा
पर्वत                  म्याग्दी
भोजपुर              ओखलढुङ्गा
दार्चुला               बैतडी
कपिलवस्तु         रुपन्देही
नलवपरासी

एमआइएस दर्ता नगर्ने नगरपालिकाहरू
खाँदबारी, गोलबजार, गोकर्णेश्वर, गोदावरी, महालक्ष्मी, निजगड, कलैया, बेशीसहर, बाणगंगा, कपिलवस्तु, बुद्धबाटिका, भृकुटी, त्रिपुर, दिपायल सिलगढी, दार्चुला, पाटन, दोधारा–चादनी, मेचीनगर, चैनपुर, कटारी षडानन्द, राजबिराज, शम्भुनाथ, सिराहा, लहान, मिर्चैया, सुखिपुर, धनगढीमाई, गोलबजार, सिद्धिचरण, जनकपुर, छिरेश्वरनाथ, मिथिला, सबैला, गौशाला, मलंगवा, बरहथवा, रामेछाप, तारकेश्वर, चाँगुनारायण, सुर्यविनायक, निलकण्ठ, गढीमाई महागढीमाई, कोल्हवी, बीरगञ्ज, पोखरीया, भरतपुर, रत्ननगर, माडी, सुनवल, कावासोती देवचुली बर्दाघाट, मध्यबिन्दु, सिद्धार्थनगर, लुम्बिनी संस्कृतिक, गोरखा, पोखरा, बेनी, कुश्मा, मुसीकोट, चौरजहारी, लिवाङ, प्यूठान ।

प्रकाशित मिति : १६ माघ २०७३, आइतबार ००:००