१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले दियो, ४ गाविसलाई वालमैत्री घोषणा गर्ने अनुमति



स्थानीय खबर संवाददाता,

कपिलवस्तुको निक्लिहवा, हुम्लाको बरगाउँ, बाँकेको टिटीहिरिया, सप्तरीको पिपरापश्चिम र पाँचथरको सराङडाँडा गाविसलाई वालमैत्री घोषणा गर्न सरकारले अनुमति दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार ४ वटै गाविसले वालमैत्री स्थानीय निकाय बन्न आवश्यक व्यवस्था गरिसकेको छ । मन्त्रालयका उपसचिव विजयराज सुवेदीका अनुसार यी गाविसहरूले वालमैत्री स्थानीय शासन घोषणा गर्न अवश्यक सुचकहरू पुरा गरिसकेका छन् ।

खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुनुपर्ने, बर्थिङ सेन्टरमा बच्चा जन्माउनु पर्ने, वालविवाह, वालश्रम उन्मुलन हुनु पर्ने, २० प्रतिशत गाविस अनुदान वालवालिकाको क्षेत्रमा खर्च गर्नेलगायतका ३९ वटा सुचक पुरा गरेपछि मात्रै वालमैत्री स्थानीय निकाय घोषणा गर्न पाउने व्यवस्था छ । “यी ४ गाविसले सबै सुचक पुरा गरेर वालमैत्री घोषणाका लागी अनुमति मागेका छन्,” सुवेदीले भने, “सबै प्रक्रिया पुरा भएकाले मन्त्रालयले घोषणा गर्ने अनुमति दिएको छ ।”

प्रकाशित मिति : १४ माघ २०७३, शुक्रबार ००:००